कमलामाईमा स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

३० पुष २०८२, बुधबार १२:५७

काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित माथिल्लो बजारको चेकपोष्टबाट स्रोत नखुलेको ठूलो परिमाणको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन्।

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा१६च ८०४८ नम्बरको टाटा सुमो चेकजाँचका क्रममा झापाको मेचीनगर नगरपालिका–३ निवासी ३४ वर्षीय युवराज नेवारको साथबाट ५७ हजार अमेरिकी डलर फेला परेको हो।

प्रहरीले उक्त रकमको वैध स्रोत खुल्न नसकेपछि नेवारलाई नियन्त्रणमा लिई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*