साढे २२ लाखको हात रित्तो हुने विजय लघुवित्तको एफपिओ कहिले हुन्छ बाँडफाँट ?

३० पुष २०८२, बुधबार १३:५३

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको एफपिओमा यहि साता बाँडफाँट गर्ने तयारी भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले एफपिओ शुक्रबार बाँडफाँट गर्ने तयारी गरी रहेको हो ।

एफपिओमा अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाको आवेदन थिएका थिए । सिडिएसका अनुसार २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता बराबरको २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार रुपैयाँको आवेदन परेको हो ।

एफपिओमा ४६ हजार ७८१ जनाले १०।१० कित्ताका दरले शेयर पाउनेछन् । सोहिमध्यका ७ जनाले भने थप १।१ कित्ता गरी ११ कित्ता शेयर पाउनेछन् । साढे २२ लाखको हात भने रित्तो हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*