देउवा पक्षद्वारा गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन
३० पुष २०८२, बुधबार १५:४८

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुरलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले उनीहरूलाई पार्टी हितविपरीत काम गरेको निष्कर्षसहित पाँच वर्षसम्म साधारण सदस्यको हकसमेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको हो।












