शरद ओझाको मुद्दामाथि सुनुवाई सकियो, मिसिल झिकाउने आदेश

३० पुष २०८२, बुधबार १५:४६

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पुनर्बहाली हुन माग गर्दै शरद ओझाले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई सकिएको छ । आजको सुनुवाईमा यसअघि पेश गर्नु भनिएको पुरानो मिसिल पेश गर्न आदेश जारी भएको छ ।

सर्वोच्च अदालतको इजलास नं ४ मा न्यायाधीश सुनिल कुमार पोखरेल र डा. मनोजकुमार शर्माको संयुक्त इजलासमा आज सुनुवाई गर्दै ओझाको मुद्दामा यसअघिको मिसिल संलग्नै राखी पेश गर्न आदेश जारी भएको हो ।

आजको सुनुवाईमा सरकारले गरेको कारवाहीको प्रष्टिकरण दिँदै निजको अयोग्यताबारे यसअघि सर्वोच्च अदालतमै बिचाराधिन रहेको मुद्दाबारे समेत बहस भएको थियो । अब माग गरिएको मिसिल पेश भएपछि पेशीमा चढेर बहस हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*