१३ प्रतिशत लाभांश पारित गर्दै नागरिक लगानी कोषको साधारण सभा सम्पन्न

काठमाडौं । नागरिक लगानी कोषको पुष ३० गते वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोषको केन्द्रीय कार्यालयमा ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सभाले ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कोषको गत आवको कर पछिको खुद नाफा एक अर्ब २५ करोड ६० लाख रुपैयाँ रहेको छ । जसमध्ये २५ करोड १२ लाख रुपैयाँ साधारण जगेडा कोषमा राखी बाँकी रकमबाट लाभांश वितरण गरिएको हो ।
कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट गत आव २०८१र८२ मा दुई खर्ब ६६ अर्ब ६५ करोड रुपैयाँ खुद कोष सङ्कलन भएकामा चालु आवको असोज मसान्तसम्ममा बचत परिचालन मौज्दात रकम दुई खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको जनाएको छ ।
साधारणसभाले कोषको वार्षिक प्रतिवेदन, गत आव २०८१।८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसमेत पारित गरेको छ । साधारणसभाले सर्वसाधारण शेयरधनीका तर्फबाट नारायणप्रसाद घिमिरेलाई सर्वसम्मत चयन गरेको छ ।












