स्वीजरल्याण्डको कुटनीति र रसियाको रणनीतिले अमेरिका इरान युद्ध रोकिने अवस्थामा

१ माघ २०८२, बिहीबार ११:०७

काठमाडौं । युरोपेली मुलुक स्वीजरल्याण्डले चालेको सुझबुझपूर्ण कुटनीतिका कारण अरबमा उत्पन्न तनाव टर्ने सम्भावनातर्फ अघि बढेको छ । यति नै बेला रसियालले चालेको रणनीतिले पनि महत्वपूर्ण योगदान गरेको छ ।
इरानमा जारी प्रदर्शनमा त्यहाँका सरकारले गरेको दमनको बिषय र प्रदर्शनकारीलाई मृत्युदण्डको बिषयलाई लिएर अमेरिकाले इरानमाथि सैनिक आक्रमण गर्ने धम्की दिएको छ । अमेरिकाले धम्की मात्रै नदिई कडा चेतावनी समेत दिइसकेको छ । अमेरिका र इरानबीचमा उत्पन्न तनाव अन्त्यको प्रयासमा स्वीजरल्याण्डले प्रभावकारी भूमिका खेलेको छ ।

स्वीजरल्याण्डले अमेरिका र रसियाको बीचमा सम्पर्क स्थापित गर्न हटलाईन समेत स्थापना गर्न सफल भएको थियो । यद्यपि अहिले उक्त सम्पर्क बन्द गर्ने घोषणा इरानले गरिसकेको छ ।

इरानले पनि अमेरिकी आक्रमणको बदलामा जवाफी हमला गर्ने कडा चेतावनी मात्रै दिएको छैन, तयारी समेत गरिरहेको छ । यसैबीच, अमेरिकाले कतारस्थित अमेरिकी सैन्य बेसबाट केही कर्मचारीहरुलाई अन्यत्र जान भनिएको घट्नाले अमेरिका र इरान युद्धको अन्तिम अवस्थामा पुगिसकेको पुष्टि गर्दछ ।

यतिबेला विश्वको ध्यान इरान र अमेरिकी युद्धमा केन्द्रीत छ । स्वीजरल्याण्डले कुटनीतिक माध्यमबाट समस्याको समाधान प्रयास गरिरहेको छ । आजै विहान मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई फासी दिने निर्णय रोकिएको र इरानमा थप प्रदर्शनकारी नमारिने विश्वास आफूलाई दिलाइएको बीबीसीले जनाएको छ । त्यस्तै, इरानका विदेशमन्त्री अब्बास अरगचीले पनि प्रदर्शनकारीलाई मृत्युदण्ड दिने निर्णय नभएको स्पष्ट पारेको अलजजिराले जनाएको छ ।

स्वीजरल्याण्डले यसअघि सन् २०२० मा इराकमा अमेरिकी आक्रमणमा मारिएका क्वासम सोलेमानीको बेलामा पनि दुई देश बीचको सम्बन्ध थप जटिल बन्न नदिन प्रयत्न गरेको थियो । त्यस्तै, २०२३ मा पनि स्वीस भूमिका निकै महत्वपूर्ण रह्यो । सन् २०२४ मा इजरायल र प्यालेस्टाईन बीचको युद्धका बेलामा पनि स्वीजरल्याण्डको कुटनीतिज्ञको सुझबुझपूर्ण भूमिकाले कार्य गरेको थियो ।

यस पटक पनि स्वीजरल्याण्डले दुई देशका बीचमा संवादको ढोका खोल्न महत्वपूर्ण प्रयास गरेपछि अमेरिका इरान युद्ध टर्न सक्ने देखिन आएको छ । यसमा इरानको आफ्नै लचिलो कुटनीति, स्वीजरल्याण्डको विश्वासयोग्य कुटनीति र रसियाको नयाँ रणनीतिले भूमिका खेल्न सफल भएमा मध्यपूर्वमा जारी संकट टर्ने संकेत देखिएको छ ।

भेनेजुयलामा अमेरिकाले सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरेपछि हौसियका इरानका प्रजातन्त्र पक्षधहरुले विगत दुई साताभन्दा लामो समयदेखि शान्तिपूर्ण प्रदर्शन गर्दै आएका छन् । सो क्रममा सयौंको मृत्यु भइसकेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*