३३ किलो सुन प्रकरणका फरार अभियुक्त सुरेन्द्र गौतम पक्राउ

१ माघ २०८२, बिहीबार १४:२२

काठमाडौं । ३३ किलो सुन प्रकरणमा फरार रहेका अभियुक्त सुरेन्द्र गौतमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ घर भएका गौतमलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गौतम सुन तस्कर चूडामणि उप्रेती उर्फ ‘गोरे’ समूहका सदस्य हुन् । २०७५ वैशाख १९ मा गौतमविरुद्ध मोरङ जिल्ला अदालतमा संगठित अपराध निवारण ऐन–२०७० अनुसारको कसुर, सनम शाक्यलाई अपहरण गरी शरीर बन्धक बनाएको कसुर तथा मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३(१) बमोजिम सजाय मागदाबी गर्दै अभियोगपत्र दायर गरिएको थियो । त्यसयता उनी फरार थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*