नेष्डो समृद्ध लघुवित्तका तत्कालित निमित्त सीईओ बुझे १५ लाख तलब भत्ता

१ माघ २०८२, बिहीबार १४:४२

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृृत युधिष्ठिर भुसाल शर्माले वर्षदिनमा झण्डै १८ लाख रुपैयाँ तलम भत्ता बापत बुझेका छन् । कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार शर्माले आर्थिक वर्ष २०८१।०८२ मा १४ लाख ९८ हजार रुपैयाँ तलब भत्ता तथा अन्य सुविधा मार्फत बुझेका हुन् ।

सञ्चालक समितिले भने ५ लाख ६ हजार ५०० रुपैयाँ तलब भत्ता बापत बुझेका छन् । अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछाने, रत्न प्रसाद अधिकारी, रेशम बहादुर खत्री र दुर्गा बहादुर शाहले ९९ हजार ५०० रुपैयाँ बुझेका छन् ।

साथै, एन्जल श्रेष्ठले ५७ हजार ५०० रुपैयाँ, निर्मला क्षेत्रीले १५ हजार र विप्लब हमालले ३६ हजार रुपैयाँ बैठक भत्ता बापत बुझेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*