पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

काठमाडौं । इण्डियन आयल कर्पाेरेशनबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पनि सोही अनुसार माघ २ गते राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको छ।
भारतबाट पेट्रोल प्रतिलिटर ३.१९ रुपैयाँ र डिजेल प्रतिलिटर १.३७ रुपैयाँले घटेर आएसँगै निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले भाउ घटाउने निर्णय गरेको हो।
भाउ घटेसँगै पेट्रोल पहिलो वर्गमा १५३.५० रुपैयाँ, देस्रो वर्गमा १५५ रुपैयाँ र तेस्रो वर्गमा १५६ रुपैयाँ प्रतिलिटर कायम भएको छ। यता डिजेल र मट्टितेल पहिलो वर्गमा १३३.५० रुपैयाँ, दोस्रो वर्गमा १३५ रुपैयाँ र तेस्रो वर्गमा १३६ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छ भने दोस्रो वर्गमा सुर्खेत र दाङ र तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छ।













