रास्वपाका केन्द्रीय सदस्य परियार सहभागी टोलीको गाडी गोरखामा तोडफोड

२ माघ २०८२, शुक्रबार ११:४०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार सहभागी टोली सवार एक गाडी गोरखामा तोडफोड गरिएको छ। गोरखा जिल्लाको भिमसेन गाउँपालिका–३ मा पार्किङ गरी राखिएको अवस्थामा अज्ञात समूहले गाडीमा क्षति पुर्‍याएको हो।

वडा सम्मेलनमा सहभागी हुन परियारसहितको टोली उक्त स्थान पुगेको बताइएको छ। सम्मेलनका कार्यक्रम चलिरहेका बेला पार्किङमा राखिएको गाडीमा तोडफोड भएको जानकारी प्राप्त भएको छ।

तोडफोड गरिएको गाडी स्थानीय धनेश थापाको रहेको जनाइएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान खुल्न नसकेको र थप विवरण संकलन भइरहेको बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*