४६ हजार ७८१ जनाले पाउने विजय लघुवित्तको एफपिओ कहिले हुन्छ बाँडफाँट ?
२ माघ २०८२, शुक्रबार १५:०७

काठमाडौँ । सार्वजनिक बिदाका कारण विजय लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटमा ढिलाई भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले एफपिओ अर्का साताको मंगलबार वा बुधबार तिर बाँडफाँट गर्ने गरी काम भइरहेको जनाएको हो ।
एफपिओमा अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाको आवेदन थिएका थिए । सिडिएसका अनुसार २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता बराबरको २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार रुपैयाँको आवेदन परेको हो ।
एफपिओमा ४६ हजार ७८१ जनाले १०।१० कित्ताका दरले शेयर पाउनेछन् । सोहिमध्यका ७ जनाले भने थप १।१ कित्ता गरी ११ कित्ता शेयर पाउनेछन् । साढे २२ लाखको हात भने रित्तो हुनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गरेको थियो ।












