ज्योति विकास बैंकका शेयरधनीहरुको हात रित्तो, लाभांश नदिने निर्णय

२ माघ २०८२, शुक्रबार १७:३०

काठमाडौँ ।  ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण सम्पन्न वित्तीय विवरण स्वीकृत गरेको छ। बैंकको पुष ३० गते बसेको सञ्चालक समितिको ५४० औँ बैठकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गरिएको वित्तीय अवस्थाको विवरण (वासलात), सोही अवधिसम्मको नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन तथा लेखा सम्बन्धी टिप्पणीसहितका सम्पूर्ण वित्तीय विवरणहरू स्वीकृत गर्ने निर्णय गरेको हो।

बैठकले उक्त वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात बैंकको आगामी वार्षिक साधारणसभामा पेश गरी पारित गर्ने उद्देश्यले आवश्यक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी, बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरणको कुनै प्रस्ताव नगर्ने निर्णय गरेको छ। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ को उपविनियम (१) को खण्ड (घ) बमोजिम यससम्बन्धी जानकारी सार्वजनिक गरिएको बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*