बालेनको राजीनामा आज, रास्वपा वरिष्ठ नेताको पद सम्हाल्ने

४ माघ २०८२, आईतवार १०:३६

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख एवं मेयर बालेन्द्र साह (बालेन)ले आजै मेयर पदबाट राजीनामा दिने भएका छन् । राजीनामालगत्तै दिउँसो २ बजे रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने कार्यक्रम तय भइसकेको उनको सचिवालयले जनाएको छ ।

आगामी फागुन २१ मा हुने प्रतिनधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् ।

यसअघि रास्वपाले ८ उम्मेदवारको टुंगो लगाइसकेको छ । आजको बैठकमा काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर वरिष्ठ नेता बालेन पनि सहभागी हुने महामन्त्री बुर्लाकोटीले बताए ।

२०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंको मेयर निर्वाचित भएका बालेन यो पल्ट प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा-५ बाट उम्मेदवारी दिने चर्चा छ । केन्द्रीय समिति बैठकपछि पार्टी सभापति रवि लामिछानेसँगै बालेन भोलि जनकपुरको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*