कांग्रेसको आधिकारिकतामा विवाद: देउवा समूहको सर्वोच्च अदालतमा रिट

काठमाडौँ ।नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ। गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको हो।
देउवा पक्षका तर्फबाट नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन्। उनका अनुसार रिट निवेदन दर्ता प्रक्रियामा रहेको छ।
विशेष महाधिवेशन पक्षधरले पार्टीको विधि र विधान विपरीत विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेकाले उक्त महाधिवेशनलाई अवैधानिक करार गर्न माग गरिएको छ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको पक्षलाई आधिकारिकता दिएको निर्णय कानुनसम्मत नभएको दाबी गर्दै त्यसविरुद्ध अदालतको ढोका ढकढक्याइएको देउवा पक्षको भनाइ छ।












