काठमाडौं महानगरपालिकाको बागडोर सुनिता डंगोलको हातमा

४ माघ २०८२, आईतवार १५:५२

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । महानगर प्रमुखको पदबाट बालेन साहले राजीनामा दिएपछि कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यबाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यबाहक पाउने व्यवस्था ऐनमा छ ।

मेयर साहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी निर्वाचनमा सहभागी हुने भएपछि राजिनामा दिएका छन् । काठमाडौं महानगरपालिकामा मेयर पदको लागि अर्को चुनाव नभएसम्मको लागी उप–प्रमुख डङ्गोलले महानगर चलाउनेछिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*