जेन–जी मन्त्री बब्लु गुप्ताले दिए राजिनामा, रास्वपाबाट चुनाव लड्ने
५ माघ २०८२, सोमबार १०:४१

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने भएपछि उनले पदबाट राजिनामा दिएका हुन् ।
उनी काठमाडौं महानगरका तत्कालिन प्रमुख बालेन शाहको कोटाबाट रास्वपा निकट भएका थिए । उनी अव आउँदो प्रतिनिधि सभाको चुनावमा होमिने भएका छन् ।












