रास्वपाबाट चुनाव लड्न सञ्चारमन्त्री खरेलले दिए राजीनामा
५ माघ २०८२, सोमबार १८:०८

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । आसन्न फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुनको लागि मन्त्री खरेलले राजिनामा दिएका हुुन् ।
राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् ।
रास्वपाबाट चुनाव लड्ने भएपछि आजै बिहान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले समेत राजिनामा दिएका थिए । कार्की नेतृत्वको मन्त्रिपरिषद्बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङले पनि आफ्नै राजनितिक दल खोलेर चुनावमा होमिन राजिनामा दि सकेका छन् ।













