हाइल्याण्ड डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

काठमाडौं । हाइल्याण्ड डिष्टिलरी लिमिटेको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले माघ २८ गते बुधबार काठमाडौंको हात्तिसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ।
सभाले प्रचलित धितोपत्र सम्बन्धी कानूनमा भएको व्यवस्था बमोजिम सर्वसाधारणलाई छुट्याइएको शेयरको प्रिमियम मूल्यमा वा बूक बिल्डिङ्ग विधि मार्फत् वा अंकित मूल्यमा सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने र सो सम्बन्धी कार्य गर्न तथा गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्ताव पसि सोही साधारणसभाले पारित गर्नेछ।












