कांग्रेसले १४० निर्वाचन क्षेत्रमा टुङ्ग्यायो उम्मेदवार (सूची सहित)

६ माघ २०८२, मंगलवार ०९:२३

काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि गगन थापा नेतृत्वको नेपाली कांग्रेसले १४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको छ।

पार्टीभित्रको आन्तरिक किचलोपछि निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि अन्तिम घडीमा कांग्रेसले उम्मेदवार टुंगो लगाइरहेको छ। कांग्रेसले दिने टिकटमा सभापति गगन थापाको हस्ताक्षर रहनेछ।

कांग्रेसले मोरङ–३ बाट सुनिल शर्मालाई टिकट दिएको छ भने धनुषा–३ बाट विमलेन्द्र निधीले टिकट पाएका छन्। त्यसैगरी ओखलढुङ्गाबाट रामहरि खतिवडा, गुल्मी–१ बाट चन्द्र भण्डारी, नुवाकोट–१ बाट प्रकाशशरण महत, नवलपरासी–१ बाट विनोद चौधरीले टिकट पाएका छन्।

कांग्रेका निवर्तमान सभापति शेर बहादुर देउवा र कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले निर्वाचनमा भाग नलिने भएका छन्। गगन थापाले शेर बहादुर देउवालाई अब सक्रिय राजनीतिबाट विश्राम लिन आग्रह गर्दै आएका थिए।

यद्यपि अझै केही ठाउँमा उम्मेदवार तय गर्न बाँकी नै छ भने यसका लागि कांग्रेस अन्तिम चरणको छलफलमा छ। उम्मेदवार दर्ता गर्ने आज अन्तिम दिन रहेको छ।

धनकुटा – दिनेश राई
पाँचथर – नरेन्द्र केरुङ
ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
तेह्रथुम – सन्तोष सुब्बा
इलाम १ – निष्कल राई
इलाम – २ भेषराज आचार्य
उदयपुर १ – विदुर बस्नेत
उदयपुर २ – रामकुमार राई
मोरङ ३ – सुनिल शर्मा
खोटाङ – वीरकाजी राई
ओखलढुंगा – रामहरि खतिवडा
सोलुखुम्बु –  प्रकाश कार्की
पाल्पा १ – सन्दिप राना
पाल्पा २ – हिमालदत्त श्रेष्ठ
गोरखा १ – प्रेम खत्री
खोरखा २ – प्रकाश दवाडी
मनाङ – टेकबहादुर गुरुङ
मुस्ताङ – योगेन्द्र गौचन
बाग्लुङ २ – टेकराज पौडेल
म्याग्दी – केबी भण्डारी
रोल्पा – डा। सुदनकुमार वली
दाङ १ – योगेन्द्र चौधरी
दाङ २ –किशोर घिमिरे
दाङ ३ होल्ड
पूर्वरुकुम – कुसुम थापा मगर
प्यूठान –डा। गोविन्दराज पोखरेल
दैलेख– १ दिक्पाल शाही
दैलेख– २ बासना थापा
कालिकोट – हर्षबहादुर बम
डोल्पा – कर्णबहादुर शाही
जुम्ला – दीप बहादुर शाही
हुम्ला – जयपति रोकाय
मुगु – ऐनबहादुर शाही
सल्यान – केशव विष्ट
अछाम १ – भरत स्वाँर
अछाम २ – पुष्प शाह
बाजुरा – जनक गिरी
बैतडी – चतुरबहादुर चन्द
डोटी – भरतबहादुर खड्का
ललितपुर १ – उदयशम्शेर राणा
काठमाडौं –६ सबुज बानियाँ
पर्वत – अर्जुन जोशी
तनहुँ १ – गोविन्द भट्टराई
तनहुँ २ – शंकर भण्डारी
पाल्पा १ –
पाल्पा २ – हिमाल श्रेष्ठ
गल्मी १ –चन्द्र भण्डारी
गुल्मी २ – भुवन श्रेष्ठ
कञ्चनपुर –२ एनपी साउद
कञ्चनपुर १ – गोपी उपाध्याय
कञ्चनपुर ३ होल्ड
कैलाली १ –जनकराज चौधरी
कैलाली २ – विजय स्वार
कैलाली ३ – भरत बडुवाल
कैलाली ४ – वीरबहादुर बलायर
कैलाली ५ – नरनारायाण शाह
दार्चुला – धर्मानन्द जोशी
डडेलधुरा – होल्ड
बझाङ – प्रकाश स्नेही
बारा ३ – फरमुल्लाह मन्सुर
धनुषा १ – मुक्ता कुमारी यादव
धनुषा ३ – विमलेन्द्र निधि
ललितपुर–१ उदय शमशेर राणा
नुवाकोट १ – डा। प्रकाशशरण महत
नुवाकोट २ – जगदिश्वरनरसिंश केसी
काभ्रे २ – मधु आचार्य
दोलखा – अजयबाबु सिवाकोटी
सुर्खेत २ – नारायण कोइराला
सुर्खेत १ –होल्ड
भोजपुर  – बालकृष्ण थापा
लमजुङ – गमप्रसाद गुरुङ
स्याङजा १ – भरत ढकाल
स्याङजा २ –भागवतप्रकाश मल्ल
बागलुङ १ – भिम शिरिष
बागलुङ २ – टेकराज पौडेल
रुपन्देही २ – चुन्नुप्रसाद पौडेल
रुपन्देही ३ – सुशील गुरुङ
नवलपरासी १ – विनोद चौधरी
नवलपरासी २ – देवेन्द्र कँडेल
सुनसरी ३ – विजय गच्छदार
सुनसरी ४ –ज्ञानेन्द्रबहादुर कार्की
सप्तरी १ – रामदेव साह
सप्तरी २ रामकुमार यादव
सप्तरी ३ दिनेश यादव
सप्तरी ४ तेजुलाल चौधरी
सिन्धुली १ – उज्जव बराल
सिरहा १ – रामसुन्दर चौधरी
पर्वत – अर्जुन जोशी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*