सिटिजन लाइफ टोखा शाखाद्वारा २२ लाख रुपैयाँको बीमा दावी भुक्तानी
६ माघ २०८२, मंगलवार १०:४८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको टोखा शाखाले स्वर्गिय बीमितको आफन्तलाई २२ लाख ६ हजार रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको हो ।
टोखा शाखा प्रमुख राज कुमार न्यौपानेले भने, ‘उहाँलाई बिमा गराउने सन्दर्भमा सुरुमा हामीले भेटघाट गर्दा बीमा गर्ने इच्छा नभएको जानकारी दिनुभयो । निरन्तरको भेटघाटपछि हामीले उहाँलाई २० लाखको बिमा गराएका थियौँ दुई वर्ष पहिले मात्र उहाँले टोखा शाखाबाट बिमा गर्नुभएको थियो ।’

‘उहाँको बाथरूममा नुहाउने क्रममा असहमयिक निधन भएको थियो।उहाँको परिवारले सिटिजन लाइफलाई धन्यवाद दिँदै सम्पूर्ण सदस्यको जीवन बीमा गरिदिने जानकारी दिनुभएको छ।’












