दैनिक सुनको मूल्यमा बन्दै नयाँ रेकर्ड, मंगलबार प्रतितोला कति ?

६ माघ २०८२, मंगलवार १०:५५

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । सुन तोलामा एकैदिन दुई हजार ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८८० रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*