युनाईटेड अजोड इन्स्योरेन्समा चौधरी ग्रुपको नाङ्गो हस्तक्षेप, सिईओ गौतमद्वारा राजीनामा

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक प्रतिष्ठान चौधरी ग्रुपको नाङ्गो हस्तक्षेपपछि युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीका सिईओ कमल गौतमले राजिनामा गर्न बाध्य पारिएको छ । सिजी ग्रुपको स्वार्थमा काम नगरेको भन्दै सिईओ गौतमलाई राजिनामा गर्न दवाव पारिएको हो ।
चार बर्षको कार्य सम्पादन सम्झौता गरिएका सिईओ गौतमलाई रित्तो हात राजिनामा गर्न दवाव दिइएको हो । चौधरी ग्रुपको तर्फबाट सञ्चालक बनेका विपिन सुवेदी र बलराम खनाल मिलेर गौतमलाई काम गर्न नदिई राजिनामा गर्न बाध्य पारिएको हो । खनाल सिजि ग्रुपका कर्मचारी हुन् । खनालले बिनोद चौधरीसँग कुरा मिलाएर सेटिङ हानेर सिईओ गौतमलाई अप्ठेरो पार्दै आएका थिए ।

बीमापोष्टलाई प्राप्त सूचना अनुसार सिईओ गौतमलाई हिजो नै राजिनामा दिएका हुन् । गौतमको राजिनामा हिजो बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । कम्पनीका अध्यक्ष आजाद श्रेष्ठले आफू पोखरा रहेकोले आज साँझ मात्रै काठमाडौं आएर कुरा बुझ्ने बताए ।
चौधरी ग्रुपको नाङ्गो हस्तक्षेपले नेपालको बीमा क्षेत्रमा अब्बल मानिएका कमल गौतमलाई हटाएपछि कम्पनीको आगामी यात्रा थप अप्ठेरो पर्नसक्ने देखिएको छ ।













