दमकमा रास्वपा–एमाले कार्यकर्ता आमनेसामने, ओलीविरुद्ध नाराबाजीपछि झडप

६ माघ २०८२, मंगलवार १३:५३

काठमाडौँ ।  झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

रास्वपा कार्यकर्ताले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि अवस्था तनावग्रस्त बनेको र त्यसक्रममा झडप भएको जनाइएको छ । झडपका कारण केही समय दमक क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

झापा–५ मा रास्वपाबाट बालेन शाहले उम्मेदवारी दिएका छन् भने एमाले अध्यक्ष ओलीले पनि सोही क्षेत्रमा उम्मेदवारी दर्ताको तयारी गरिरहेका छन् । बालेन उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका बेला रास्वपा कार्यकर्ताले ओलीविरुद्ध नाराबाजी गरेका थिए ।

नाराबाजीपछि दुबै पक्षका कार्यकर्ता आमनेसामने हुँदा झडपको अवस्था सिर्जना भएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*