हिमालयन एभरेष्ट इन्स्योरेन्सको नगद लाभांश वितरण

७ माघ २०८२, बुधबार ०६:५८

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले यस वर्षको लाभांश वितरण गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरेको हो।

कम्पनीको सञ्चालक समितिले गरेको ८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव माघ ६ गते सम्पन्न ३२ औं वार्षिक साधारणसभाबाट पारित गरी सोही दिनदेखि वितरण शुरू गरेको हो। कम्पनीले पुस २० गतेसम्म कायम शेयरधनीहरूलाई उनीहरूको बैंक खातामा नगद लाभांश पठाएको हो। कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*