निफ्राको खुद नाफा ३६ प्रतिशत घट्यो, अन्य सूचक कस्तो?

७ माघ २०८२, बुधबार ०७:३२

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मका वित्तीय विवरण आज सार्वजनिक गरेको छ।

यस अवधिसम्म बैंकले ४० करोड ९९ लाख ४० हजार रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यस अवधिसम्म ६४ करोड १९ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको बैंकको यस वर्ष ३६.१५ प्रतिशत खुद नाफा घटेको हो। बैंकको सञ्चालन नाफा पनि ९१ करोड ७१ लाख ८९ हजार रुपैयाँबाट घटेर ५८ करोड ६५ लाख ९० हजार रुपैयाँमा झरेको छ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी २९.०९ प्रतिशतले घटेर ७४ करोड ७ लाख २० हजार रुपैयाँमा झरेको छ। गत वर्षको यसै अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४ करोड ४५ लाख ३३ हजार रुपैयाँ थियो।

त्यसैगरी बैंकको कुल सञ्चालन आम्दानी पनि १ अर्ब ५ करोड ९० लाख ६९ हजार रुपैयाँबाट २८.६२ प्रतिशतले घटेर ७५ करोड ५९ लाख ११ हजार रुपैयाँमा झरेको छ।

यस अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी ३.८० रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ ११४.७५ रुपैयाँ कायम भएको छ। चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको यस बैंकको रिजर्भमा ३ अर्ब १८ करोड ५७ लाख रुपैयाँ रहेको छ। बैंकले २७ अर्ब ४१ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरी ८ अर्ब ११ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलने गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*