मञ्जुश्री फाइनान्सले ६ महीनामा कमायो १३ करोड ५३ लाख रुपैयाँ नाफा

७ माघ २०८२, बुधबार ०९:१६

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म (६ महीना) मा १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको ६ महीनासम्म ११ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा यस वर्ष भने १५.६३ प्रतिशत बढी खुद नाफा कमाउन सफल भएको वित्तीय विवरणले देखाएको छ।

त्यसैगरी पुस मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ३९ करोड ८० लाख रुपैयाँबाट बढेर ४५ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ४७ करोड ६० लाख रुपैयाँबाट बढेर ५३ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

यद्यपि समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा भने २१ करोड ६१ लाख रुपैयाँबाट घटेर १९ करोड १२ लाख रुपैयाँमा झरेको छ। पुस मसान्तसम्म यस कम्पनीको वितरणयोग्य नाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी १७.३३ रुपैयाँबाट बढेर २०.०३ रुपैयाँ पुगेको छ भने खराब कर्जा ३.८६ प्रतिशतबाट घटेर ३.६४ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १७५.२९ रुपैयाँ छ भने आधार दर ६.९१ प्रतिशत रहेको छ।

चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ सञ्चिति रहेको छ। पुस मसान्तसम्ममा कम्पनीले १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरी २२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*