अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज पनि २० अर्ब रुपैयाँ खिच्दै
७ माघ २०८२, बुधबार १०:३८

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज बुधबार पनि २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ।
केन्द्रीय बैंकले आज दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम संकलन गर्ने जनाएको छ। राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलन उपकरणमार्फत संकलित रकमको साँवा तथा ब्याज आगामी ११ चैतमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। यस बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।












