सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, एकैदिन तोलामा १० हजार रुपैयाँले बढ्यो
७ माघ २०८२, बुधबार १०:५२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । सुन एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको हो ।
यता, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार ९२० रुपैयाँ पुगेको छ ।












