वार्षिकोत्सवको अवसरमा इन्फिनिटी लघुवित्तद्वारा देवघाट वृद्धाश्रममा सहयोग

काठमाडौँ । नवलपरासीमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सव विशेष सामाजिक कार्यमार्फत मनाएको छ। वार्षिकोत्सवको अवसरमा संस्थाले देवघाटस्थित देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई फलफूल वितरण, भोजन गराउने साथै आर्थिक सहयोग गरेको हो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्त प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै विभिन्न विभागका विभागीय प्रमुख, केन्द्रीय कार्यालयका कर्मचारी तथा वृद्धाश्रमका व्यवस्थापन समिति र वृद्धवृद्धा आमा–बुवाहरुको समेत उपस्थिती रहेको थियो।
आश्रम व्यवस्थापन समितिले इन्फिनिटी लघुवित्तद्वारा देखाइएको मानवीय सेवा र सद्भावप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको थियो।
संस्थाले वार्षिकोत्सवको अवसरमा समाजप्रति आफ्नो दायित्व निभाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।












