शेयर बजारमा उत्साहजनक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
७ माघ २०८२, बुधबार १५:०७

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ९.४३ अंकले घटेर २७०५ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै आज विभिन्न सेक्टरका कम्पनीहरुको ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार आखु खोला जलविद्युतको ४३ करोड ३६ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको ३५ करोड पाँच लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ३३ करोड २३ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको २८ करोड ९७ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।













