राष्ट्रिय बाणिज्य बैंकका अधिकृत प्रमुख दिनेश गौतमको निजि बैंकमा लाखौं कारोबार

७ माघ २०८२, बुधबार १५:२४

काठमाडौं । सरकारी लगानी रहेको राष्ट्रिय बाणिज्य बैंकका अधिकृत दिनेश गौतमले निजि बैंकमा लाखौं रुपैयाँको कारोबार गर्ने गरेको खुलेको छ । राष्ट्रिय बाणिज्य बैंकको सिनियर म्यानेजर पदमा कार्यरत गौतम अहिले मार्केटिङ विभाग प्रमुखको रुपमा कार्यरत रहेका छन् ।

बैंकको आम्दानीबाट तलव खाई सोही बैंकबाट अनेकन फाइदा लिएका मार्केटिङ विभाग प्रमुख गौतमले भने बैंकिङ कारोबार भने दरबारमार्गमा केन्द्रीय कार्यालय रहेको नबिल बैंकबाट गर्ने गरेको तथ्य फेला परेको छ । निजि बैंकमार्फत लाखौं रुपैयाँ कारोबार गरेको सम्बन्धमा जिज्ञाशा राख्दा उनले खाता खोलेर कारोबार गरेको स्वीकार गरेका छन् । उनले भने, ‘खाता खोलेर कारोबार नै गर्न नहुने भन्ने छैन ।’

सरकारी बैंकमा जागिर खाएर निजि बैंकबाट आफ्नो दैनिक खर्च देखि सबै कारोबार गर्दा गौतमले आफ्नै बैंक र बैंकले सञ्चालन गरेको मोबाइल बैंकिङ सेवा प्रति विश्वास नगरेको देखिन आएको छ । उनले आफ्नै बैंकमा कारोबार नगरी निजि बैंकबाट किन कारोबार गर्दा नैतिक प्रश्नको घेरामा उनी पर्न गएका छन् ।

उता, राष्ट्रिय बाणिज्य बैंकका सूचना अधिकारी तथा डेपुटी सिईओ पवन रेग्मीले कानुनी रुपमा पैतृक सम्पत्तिको कारोबार गर्न कुनै पनि कर्मचारीलाई रोक नलगाइएको जानकारी दिए पनि नैतिक रुपमा भने कर्मचारी स्वयम्ले विचार गर्ने बिषय भएको बताए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*