राष्ट्रिय बाणिज्य बैंकमा आधा अर्बको हिसाब–किताब गोलमाल, ५७ करोडको हिसाब खोज्दै राष्ट्र बैंक

७ माघ २०८२, बुधबार १६:०८

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकमा आधा अर्बको हिसाब किताब गोलमाल भएको पाइएको छ । सरकारी स्वामिवमा रहेको बैंकभित्र आधा अर्बको हिसाब गोलमाल देखिएसँगै नियामक राष्ट्र बैंकले बाणिज्य बैैंकलाई ५७ करोडको हिसाब मिलान गर्न र भद्रगोल हिसाब किताब मिलाउन निर्देशन दिँदा समेत सिईओ देवेन्द्र रमन खनालले वास्ता नगरेको पाइएको छ ।

केपी ओली नेतृत्वको सरकारले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देव कुमार ढकाललाई अध्यक्ष बनाएर पठाएको छ । नियामकको उच्च तहमा बसेर आएका अध्यक्ष ढकालले बैंकभित्रको अनियमतता सच्याउनुको साटो उल्टै संरक्षण गरेको पाइएको छ । अध्यक्ष देव कुमार ढकाल बैंकमा आफै राष्ट्र बैंक ऐन मिचेर बाफियाविपरीत राजनितिक आडमा बैंकमा प्रवेश गरेका थिए ।

गोलमाल भएको (भ्रष्टाचार समेत भएको हुनसक्ने छानविन हुन बाँकी- हिसाब किताब मिलाउन राष्ट्र बैंकका पू्र्व कार्यकारी निर्देशकदेखि सिईओको आफन्त नै सक्रिय भएर लागेको पाइएको छ।

त्यस्तै, राष्ट्र बैंकले पेन्सन र तलब वृद्धिदरको दायित्व लेखाङ्कन गर्न समेत निर्देशन दिएको बुझिएको छ । बैंकले अप्रुभल दिएर काम लगाएका भेण्डरहरुलाई भुक्तानी गर्न बाँकी रकम बुक गर्नुपर्नेमा त्यसो नगरिएको, कतिपय केसमा काम नै नसकी भुक्तानी भएको समेत नहेरिएको, कतिपय फाइलमा कैफियत देखिँदा पनि अडिटरले आँखा चिम्लिएको बिषय अहिले बैंकभित्र भुसको आगो झै बलिरहेको छ । बैंकभित्र चरम भ्रष्टाचार हुँदा पनि सेटिङमा अध्यक्ष र सिईओ दुवै मिलेर सुधार गर्दै आएको समाचार स्रोतले दावी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*