जन्मदिनमा छोरीलाई रिलायबल लाइफको बीमा पोलिसी उपहार

७ माघ २०८२, बुधबार १८:१९

काठमाडौँ । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्य विशेष अवसरमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । महँगो खर्च गरेर होटेल तथा रेस्टुरेन्टमा उत्सव मनाउनेभन्दा भविष्य सुनिश्चित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने प्रवृत्तिले समाजमा बचत र जोखिम व्यवस्थापन गर्ने संस्कृतिको विकास गराएको देखिएको छ ।

यसैक्रममा धनगढी उपमहानगरपालिका–१५ बस्ने एक दम्पतिले छोरी प्रिन्सिका चौधरीको जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । बुवा कन्हैया चौधरी र आमा पुष्पा कुमारी रानाले आफ्नो छोरीको भविष्य सुरक्षित हुने गरी जीवन बीमा तथा बचत दुवै पक्षलाई ध्यानमा राख्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय अत्तरिया मार्फत १६ लाख रुपैयाँ बराबरको लोकप्रिय बीमा पोलिसी ‘सर्व शुलभ जीवन बीमा’ उपहार दिएका छन् । बच्चाको बीमा गर्दा आमाबुवाको जिम्मेवारी बीमालाई हस्तान्तरण भएको जस्तै हुने हुँदा बच्चा सुरक्षित रहोस भन्ने उद्देश्यले यो कदम उठाइएको उनीले बताएछन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अत्तरिया शाखाका शाखा प्रमुख मोहन बहादुर बोहराले दम्पतिलाई प्रशंसनीय र प्रेरणादायी कार्य गरेकोमा बधाइ दिएका छन् । उनले नानीको जन्मदिनको शुभकामना व्यक्त गर्दै उज्जवल भविष्यको कामना गरेका थिए । सोही अवसरमा पोलिसी घरमै पुगेर हस्तान्तरण गरिएको थियो । पोलिसी हस्तान्तरणमा अत्तरिया शाखाका कुशल अभिकर्ता दयाराम रानाको सहकार्य रहेको थियो भने स्थानीय शिक्षक तथा कम्पनीका पहिलो करोडपति एजेन्सी म्यानेजर धर्म सिंह ऐरको उपस्थितिमा विमितको घरमै गई पोलिसी हस्तान्तरण गरिएको जानकारी दिइएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालकै अब्बल दर्जाको जीवन बीमा कम्पनी मानिन्छ । नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक लगायत उच्च ख्याति प्राप्त व्यक्तिहरू कम्पनीका मुख्य प्रवर्द्धक रहेका छन् । कम्पनीको बोनस दर पनि उल्लेखनीय रहेको बताइएको छ । पछिल्लो समय रिलायबलले विश्वसनीयता, सरलता र अतिरिक्त सुविधासहितका जनप्रिय बीमा योजनाका कारण हरेक क्षेत्रमा आम नेपालीको पहिलो रोजाईको जीवन बीमा कम्पनी बन्न थालेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*