फागुनमा सकिदै स्वस्तिक लघुवित्तको लक इन अवधि
९ माघ २०८२, शुक्रबार ११:१५

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि आगामी फागुन महिनामा समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको संस्थाको ११ हजार ५५० कित्ता शेयरको लक इन अवधि फागुन ११ गते समाप्त हुन लागेको हो ।
संस्थाको सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको शेयर सर्वसाधारणमा शेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो ।
संस्थाले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड गत भदौ १२ गते भएको थियो ।












