प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एमडिआरटी सम्मान कार्यक्रम सम्पन्न

९ माघ २०८२, शुक्रबार १२:५१

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटी २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने हो, तपाईहरुको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधै साथ–सहयोग रहन्छ र उच्च सम्मान गरेको बताए ।

प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सफलताको यो माहोललाई कम्पनीले उत्सवको रुपमा लिएको बताए । योग्यहरुको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने बताए । यो समय भनेको निरन्तर कार्य गरेर प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय हो । सफलताको अनुभव र प्राप्त मान सम्मानले थप सफलताको लागि उर्जा प्राप्त हुनेछ, यो उर्जाको आगामी वर्षहरुमा परिणाम आउने विश्वास व्यक्त गरेका छन् ।

नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले स्वागत मन्तब्य व्यक्त गरेका छन् । ‘अन्तराष्ट्रिय फोरम एमडिआरटिमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण हो । त्यसैले अभिकर्ता पेसा छनोट गर्नुभएको यहाँहरुको निरन्तर लगनको परिणामले प्राप्त सफलतालाई कम्पनीले उच्च सम्मान प्रकट गरेको छ।’ नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले बताए ।

अन्तराष्ट्रिय ट्रेनर अमित शर्माले व्यवसायीक विक्री कलाको क्षमता अभिबृद्धि सम्बन्धी तालिम प्रदान गरेका थिए । चर्चित कलाकार सन्दिप क्षत्रीको प्रेरणदायी तथा मनोरञ्जनात्मक प्रस्तुतीले कार्यक्रमको रौनक थपिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*