सुदूरपश्चिमको महेन्द्रनगरमा लिबर्टी माइक्रो लाइफको नयाँ शाखा उद्घाटन

९ माघ २०८२, शुक्रबार १३:०३

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा विस्तार योजना अनुरुप सदूरपश्चिम प्रदेश अन्र्तगत पर्ने महेन्द्रनगर नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले भीमदत्त नगरपालिका वडा नम्बर ४–महेन्द्रनगर, कञ्चनपुरमा कम्पनीको उप–शाखा रहने स्थान वडा नं.४ मा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादवले रिवन काटी उक्त उप–शाखा उद्घाटन गरेका हुन् ।

उक्त उद्घाटन कार्यक्रममा व्यापारी, कंञ्चनपुर उद्योग वाणिज्य संधका पुर्ब अध्यक्ष माधव जोशी, कम्पनीका बजार बिभाग प्रमुख अशोक कुमार कुवँर, दाबी विभाग प्रमुख गोविन्द रेग्मी, सुदुरपश्चिम प्रदेश प्रमुख भिम राज अवस्थी, उप–शाखा प्रमुख रामेश्वर भट्ट लगायत सहकारी संस्थाका म्यानेजर, कम्पनीका टिम म्यानेजर तथा अभिकर्ताहरुको उपस्थिती रहको थियो ।

उक्त उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादवले ग्रामीण क्षेत्रसम्म बिमाको पहुच पुर्याउन माईक्रो लाइफ इन्स्योरेन्सको आवश्यकता महसुस गरी लिबर्टी माइक्रो लाइफ कम्पनी स्थापना भई हाल यस कम्पनीबाट करीब ३,९७,२२७ जना व्यक्तिले बिमा सेवा प्राप्त गरिसकेको जानकारी गराउदै कम्पनी सुलभ, छिटो तथा छरितो सेवाका लागी प्रतिबद्ध रहको जानकारी समेत गराएका छन् ।

त्यसैगरी बजार बिभाग प्रमुख अशोक कुवँरले न्यून बीमाशुल्कमा धेरै बीमाङ्कको जोखिम वहन गर्ने आवश्यकतालाई लघु जीवन बीमाले केही हदसम्म हेरी ग्रामीण क्षेत्रका लागि लघु जीनव बीमा वरदान सावित भएको बताए । लघु जीवन बीमाले बीमाको पहंचको दायरा बाहिर रहेका वर्गहरुलाई समेटी बीमालेख जारी गर्ने प्रकिया देखि दावी भुक्तानी डिजिटली गर्ने भएकोले लघु जीवन बीमाको सेवा ग्राहकले घर बसी लिन सक्ने बताए ।

हाल सुदुरपश्चिम प्रदेशमा १ वटा शाखा कार्यालय र १ वटा उप–शाखा स्थापना भई करिव १८ हजार जनाको बीमा भैसकेको समेत जानकारी सुदुरपश्चिम प्रदेश प्रमुख भिम राज अवस्थीले गराए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*