डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता
९ माघ २०८२, शुक्रबार १३:३५

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता गराएको उम्मेदवारी फिर्ता लिएका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डा. भट्टराईले गोरखा–२ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए। यसअघि निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका उनी अन्तिम समयमा पार्टीको आग्रहमा उम्मेदवार बनेका थिए।
तर गोरखा–२ क्षेत्रका अन्य राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि उनले आफ्नो निर्णय पुनर्विचार गर्दै उम्मेदवारी फिर्ता लिएको जनाइएको छ।
डा. भट्टराईको उम्मेदवारी फिर्तासँगै गोरखा–२ निर्वाचन क्षेत्रको चुनावी समीकरणमा परिवर्तन आउने अनुमान गरिएको छ।












