रिलायबल लाइफ इन्स्योरेन्स र कुमारी बैंकबीच भर्चुअल फोनपे क्रेडिट कार्डसम्बन्धी सम्झौता

काठमाडौँ । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेड बीच तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्सको अवसरमा सम्झौता पत्र मा हस्ताक्षर भएको छ। यस सम्झौतिले नेपालको जीवन बीमा क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि थपेको छ।
यस सहकार्यअन्तर्गत रिलायबल लाईफ इन्स्योरेन्सका बीमा पोलिसी खरिदकर्ता, कर्मचारी तथा अभिकर्ताहरूले कुमारी बैंकबाट भर्चुअल फोनपे क्रेडिट कार्ड सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। यो पहल डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन तथा वित्तीय सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ अघि बढाइएको हो।
सम्झौताका अवसरमा रिलायबल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतले यस पहललाई ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै भने, “यो सहकार्य रिलायबल लाईफ इन्स्योरेन्सका ग्राहक, कर्मचारी तथा अभिकर्ताहरूका लागि थप सुविधा र वित्तीय पहुँच विस्तार गर्ने महत्वपूर्ण कदम हो। प्रविधिमैत्री र नविन सेवामार्फत हामी ग्राहक सन्तुष्टि र डिजिटल रूपान्तरणलाई उच्च प्राथमिकतामा राख्दै अघि बढिरहेका छौं।”
उक्त सम्झौतामार्फत रिलायबल लाईफसँग आबद्ध ग्राहक तथा सरोकारवालाहरूले आधुनिक डिजिटल भुक्तानी सेवाको सुविधा प्राप्त गर्ने विश्वास लिइएको छ। दुवै संस्थाले यस सहकार्यलाई बैंकाश्योरन्स तथा डिजिटल वित्तीय सेवाको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने कदमका रूपमा लिएका छन्।
कुमारी बैंक फोन पे र रिलायबल लाईफ इन्स्योरेन्स भविष्यमा पनि प्रविधिमैत्री, ग्राहककेन्द्रित तथा नविन वित्तीय सेवाहरू विस्तार गर्न प्रतिबद्ध रहेका छन्।












