जर्मनीको पिआर लिएको कुरा सार्वजनिक भएपछि आशिका तामाङले लिइन् उम्मेदवारी फिर्ता

९ माघ २०८२, शुक्रबार १३:५७

अपेडटः तर, तामाङले आफ्नो फेसबुक पेजमार्फत पछिल्लो समय फैलाइएका हल्लाप्रति प्रतिक्रिया दिँदै उनले त्यस्ता भ्रमको पछि नलाग्न आग्रह गरेकी छन् । आफुले उम्मेदवारी फिर्ता नगरेको जनाएकी हुन् । 

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धादिङ निर्वाचन क्षेत्र नम्बर १ की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको थियो। सोही अवधिमा तामाङले निर्वाचन अधिकृत एकराज अधिकारीलाई फोन र इमेलमार्फत उम्मेदवारी फिर्ता गरेको जानकारी गराएकी हुन्।

तामाङको नाममा जर्मनीको स्थायी आवासीय अनुमति पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी थिइन्। उक्त विषय बाहिरिएसँगै उनले उम्मेदवारी फिर्ता गर्ने निर्णय गर्दै निर्वाचन अधिकृतको कार्यालयलाई औपचारिक रूपमा जानकारी गराएको जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*