हेटौंडा औद्योगिक क्षेत्रको पुरानो उद्योगमा भीषण आगलागी, महाशक्ति साबुन कम्पनीको गोदाम जलेर नष्ट

११ माघ २०८२, आईतवार ११:११

काठमाडौँ ।  हेटौंडा औद्योगिक क्षेत्र–८ मा रहेको महाशक्ति साबुन उद्योगको गोदाममा शनिबार रातिदेखि लागेको आगो आइतबार बिहान साढे ९ बजे नियन्त्रणमा आएको छ। जस्तापाताले बनेको अस्थायी टहरामा भण्डारण गरिएका साबुन, प्लास्टिक सामग्री र विभिन्न केमिकल जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

उद्योग क्षेत्रकै पुरानो उद्योगमध्ये एक महाशक्ति साबुन कम्पनीको गोदाममा शनिबार राति करिब साढे ११ बजे आगलागी सुरु भएको थियो। प्रारम्भिक अनुमानअनुसार विद्युत् तार सर्ट भएर आगो लागेको हुनसक्ने बताइएको छ।

आगलागी नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकाका दुई वटा दमकल, मकवानपुर प्रहरी, सशस्त्र प्रहरी बल १४ नम्बर गणका सुरक्षाकर्मी तथा स्थानीयवासी रातभर खटिएका थिए। गोदामभित्र साबुनसँगै र्‍यापर, कार्टुन र ज्वलनशील केमिकल राखिएकाले आगो निभाउन समय लागेको जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*