शेयर बजारमा करिव १४ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
११ माघ २०८२, आईतवार १५:०८

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज पछिल्लो ६ महिना यताकै उच्च कारोबार भएको छ । बजारमा आज विभिन्न सेक्टरका ३३१ वटा कम्पनीहरुको १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइतबार आँखुखोला जलविद्युत कम्पनीको ४३ करोड ५९ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, ग्रीन भेन्चर्सको ३९ करोड ७७ लाख रुपैयाँ, शिवम् सिमेन्टको ३२ करोड रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ३० करोड १४ लाख रुपैयाँ र बन्दीपुर केवलकारको २९ करोड ६ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।













