एमाले र प्रलोपा बीच चुनावी तालमेलमा तीन बुँदे सहमति
११ माघ २०८२, आईतवार १६:२८

काठमाडौं । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेलसम्बन्धी तीन बुँदे सहमति भएको छ।
सहमति अनुसार रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनलाई एमालेले मतदानमा सघाउनेछ। दुवै दलले ती निर्वाचन क्षेत्रमा परस्पर सहयोग गर्दै संयुक्त रणनीतिका साथ चुनावी अभियान अगाडि बढाउने सहमति गरेका छन्।
यसैगरी कर्णाली प्रदेशअन्तर्गत हुम्ला र जुम्ला बाहेकका जिल्लामा तथा पुरानो राप्ती अञ्चलका दाङ, रुकुम, रोल्पा र प्युठान जिल्लामा एमालेका उम्मेदवारलाई प्रलोपाले सघाउने सहमति भएको छ।













