कालीमाटीमा तरकारीः गोलभेंडा ३०, बन्दा र काउली ७० रुपैयाँ किलो

१२ माघ २०८२, सोमबार ०७:४२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार आज सानो लोकल गोलभेंडा ३० रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली ७० रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ, टाटे सिमी ९० रुपैयाँ र तीते करेला १९० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी हरियो डल्ले फर्सी ४० रुपैयाँ, भिण्डी १५० रुपैयाँ, बरेला ५५ रुपैयाँ, पिंडालु ६५ रुपैयाँ, इस्कुस ८० रुपैयाँ, रायोको साग ३० रुपैयाँ, बकुला ९० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ र डल्ले च्याउ ४५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*