बजार अनुगमनमा कडाइः कार्टस इन्टरप्राइजेजलाई ५० हजार जरिवाना

१२ माघ २०८२, सोमबार १०:५८

काठमाडौं । नियमित बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागले अनुगमनका क्रममा कैफियत फेला परेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उक्त फर्मलाई कारबाही गरेको हो।

विभागका अनुसार काठमाडौंका विभिन्न १७ वटा फर्ममा गरिएको अनुगमनमध्ये कार्टस इन्टरप्राइजेज प्रालिमा कानुन विपरीतका गतिविधि भेटिएपछि जरिवाना गरिएको हो। बाँकी १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ।

निरन्तर बजार अनुगमन गर्दै आएको विभागले उपभोक्ता हित संरक्षणका लागि सुधारात्मक अभियानलाई तीव्रता दिएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*