शेयर बजारमा १६ अर्ब रुपैयाँको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१२ माघ २०८२, सोमबार १५:१०

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ३.०७ अंकले घटेर २७६९.०९ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न सेक्टरका ३३२ वटा कम्पनीहरुको १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा आज हिमालयन पावर पार्टनरको ६५ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
शेयर बजारमा आँखु खोला जलविद्युतको ५६ करोड १६ लाख रुपैयाँ, मन्जुश्री फाइनान्सकोे ५२ करोड ३२ लाख रुपैयाँ, एसवाई प्यानलको ५० करोड १७ लाख र बन्दीपुर केबलकारको ४० करोड ५५ लाख रुपैयाँले शेयर कारोबार भएको छ ।













