फाइनान्स र नगद छुटसहित बजाजको महा एक्सचेन्ज, पुरानो बाइकले दिन्छ बढी मूल्य!

१२ माघ २०८२, सोमबार १३:५२

काठमाडौं । बजाजका लागि नेपालका आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले आजदेखि काठमाडौंको भृकुटिमण्डपमा ‘बजाज नेक्स्ट–जेन महा एक्सचेन्ज कार्निभल’ संचालन गर्न लागेको छ । उक्त कार्निभल आगामी माघ १७ गतेसम्म आयोजना हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बजाज कार्निभलमा २२ भन्दा बढी एक्सपर्ट भ्यालुयटर्स कम्पनीहरूले सहभागीता जनाउनेछन् । कार्निभलमा ग्राहकले आफूले चलाइरहेको जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकललाई बजाजका नयाँ मोडलसँग साट्न पाउनेछन् । यसरी एक्सचेन्ज गर्दा ग्राहकले बजारभन्दा ८ हजार रुपैयाँ बढी मूल्यांकन पाउने व्यवस्था गरिएको छ ।

यसैगरी, ग्राहकले थप नगद छुट, विभिन्न एसेसोरिजहरू निःशुल्क तथा अन द स्पट फाइनान्स सुविधा पनि पाउनेछन् । बजाजका मोटरसाइकलहरू फाइनान्समा किन्न चाहनेले आफ्नो नागरिकता र ड्राइभिङ लाइसेन्सको भरमा फाइनान्स सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

हाल नेपालमा बजाजको क्लासिक पल्सर, पल्सर एनएस, डोमिनार, एभेन्जर, डिस्कोभर र प्लेटिना मोडलका मोटरसाइकलहरू उपलब्ध रहेका छन् ।

बजाजको नयाँ ‘नेक्स्ट–जेन महा एक्सचेन्ज कार्निभल’ ले ग्राहकलाई पुरानो मोटरसाइकल छाडेर नयाँ मोडलमा सजिलै रूपान्तरण गर्ने अवसर प्रदान गरेको छ भने विभिन्न छुट र सुविधा मार्फत मोटरसाइकल खरिदलाई अझ सुलभ बनाएको कम्पनीले उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*