बीमा प्राधिकरणमा पुनर्बीमा कम्पनीविरुद्ध बीमक संघको ध्यानाकर्षण

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा पुनर्बीमा कम्पनीविरुद्ध नेपाल बीमक संघले ध्यानाकर्षक पत्र बुझाएको छ । नेपाल बीमक संघले पुनर्बीमा कम्पनीलाई समयमा बीमा दाबी नदिएको भन्दै ध्यानाकर्षक दिएको पत्रमा उल्लेख गरिएको छ ।
निर्जीवन बीमा कम्पनीले पुनर्बीमाबापतको रकम भुक्तानी नहुँदा बीमा कम्पनीदेखि बीमितहरु मारमा परेपछि बीमक संघले इतिहासमा नै पहिलोपटक पुनर्बीमा कम्पनीमाथि ध्यानाकर्षण पत्र दिएको छ।
बीमकहरुका अनुसार रिइन्स्योरेन्सबाट भुक्तानी नपाएका थप कम्पनीको अहिले हिसाब निकाल्ने काम भइरहेको छ।
पुनर्बीमा निर्देशिकाको परिच्छेद ९ दफा २६ मा लेनादेना राफसाफ गर्नुपर्ने शिर्षक अन्तर्गतको दफा २६ १ मा बीमकले स्वदेशी पुनर्बीमकको प्रत्येक त्रैमासिक अवधिको कारोबारको हिसाब किताब, सेदादेना अर्को त्रैमासिक अवधि भित्र राफसाफ गर्नुपर्ने र सोहि दफाको उपदफा (२) मा बीमकले अर्को बीमकसंग गरेको फ्याकल्टेटिन पुनर्बीमा कारोवार प्रत्येक त्रैमासिक अवधिको कारोबारको हिसाब किताब, सेनादेना अर्को त्रैमासिक अवधि भित्र राफसाफ गर्नुपर्ने व्यवस्था बमोजिम बीमकले पुनवीमा कम्पनीलाई तिर्नुपर्ने रकम समयसीमा भित्रै भुक्तानी गर्ने गरेको भएता पनि पुनबीमा कम्पनीबाट पाउनुपर्ने भुक्तानी लामो समयदेखि प्राप्त नभएकोले निर्देशिकामा रहेको व्यवस्था बमोजिम भुक्तानी गर्न निर्देशन दिएको खण्डमा बीमकहरुको तरलतामा सुधार आउने र जेनजीसंग सम्बन्धित दाबी भुक्तानीमा थप सहयोग पुगी निर्देशिकामा रहेको व्यवस्था समेत कार्यान्वयन गर्न समेत आग्रह गरेको छ।
आव २०६८ २०६३ को पहिलो त्रैमाससम्म हाल सम्म प्राप्त देहाय बमोजिमका बीमकहरुको उल्लेखित रकम पुनर्बीमा कम्पनीबाट भुक्तानी हुन बाँकी रहेको देखिएको हुँदा सो सम्बन्धमा बीमा कम्पनीहरुले ध्यानाकर्षण गराएका छन् । बीमा प्राधिकरणले दाबी भुक्तानीमा देखिएको समस्या निराकरणका लागि छलफल भईरहेको जनाइएको छ।












