एसवाई प्यानलसहित पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
१२ माघ २०८२, सोमबार १५:१८

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ३.०७ अंकले घटेर २७६९.०९ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न सेक्टरका ८८ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । बजारमा आज चार कम्पनीहरुको शेयरमूल्यमा सकारातत्मक सर्किट लागेको छ । सोमबार एसवाई प्यानल, हिमस्टार उर्जा कम्पनी, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउण्टेन हाइड्रो नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।













