दाङमा नागरिकता घोटाला: वडाध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर

१२ माघ २०८२, सोमबार १५:३६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर) लगायत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार वडाध्यक्ष यादव, तत्कालीन कार्यालय सहायक मीना चौधरी, स्थानीय पञ्जिकाधिकारी वडासचिव राजेश कुमार कहार, इलाका प्रशासन कार्यालय लमही, दाङका तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास तथा भारतीय नागरिक आएसा जोल्हा र आलम जोल्हाविरुद्ध मुद्दा दायर गरेको हो।

आयोगका अनुसार, भारतीय नागरिक आलम जोल्हालाई नागरिकता प्राप्त गर्न अयोग्य भएकाले पनि उनलाई गैरकानूनी रूपमा नागरिकताको प्रमाणपत्र दिलाउने उद्देश्यले कारबाही भएको हो।

अयोग्य गैरनेपाली नागरिक आलम जोल्हालाई राजपुर गाउँपालिका–४ स्थायी ठेगाना भएका दिवंगत सनाउल्ला जोल्हाको छोरा देखाई नागरिकताको प्रमाणपत्र दिलाउने प्रक्रियामा संलग्न रहेको आरोप आयोगले लगाएको छ।

त्यस्तै, कागजातमा अनाधिकृत रूपमा मृत्युदर्ता प्रमाणपत्र सच्याउने, केर्मेट गर्ने, थपघट गर्ने तथा हेरफेर गरी सनाउल्ला जोल्हाको मृत्यु मिति २०३८।०१।१५ गते नै भएकोमा २०४१।०१।१५ गते मात्र मृत्यु भएको झुट्टा व्यहोराको मृत्युदर्ता प्रमाणपत्र तयार गराइएको आयोगले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*