क्यूआरबाट भुक्तानी लिंदा स्क्रीनशटमा भर नपर्न राष्ट्र बैंकको चेतावनी

१३ माघ २०८२, मंगलवार १३:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु बिक्रेताले क्यूआरबाट भुक्तानी लिंदा ग्राहकले देखाएको स्क्रीनशटमा मात्र भर नपर्न चेतावनी दिएको छ।

विद्युतीय माध्यमबाट गरिने भुक्तानी कारोबार बढ्दै जाँदा क्यूआर भुक्तानीमा ठगीका घटनाहरू पनि बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ। बिक्रेताले ग्राहकले देखाएको स्क्रीनशटमा मात्र भर परेर कारोबार गर्दा ठगीमा पर्न सक्ने जोखिम रहने राष्ट्र बैंकले चेतावनी दिएको छ।

त्यसरी देखाएको स्क्रीनशटमा कतिपय पुरानो भुक्तानीको रसिद वा नक्कली पनि हुने गरेको राष्ट्र बैंकले जानकारी दिएको छ। यस्तो जोखिम र ठगीबाट बच्नका लागि ग्राहकले भुक्तानी गरेको सूचना वा स्क्रीनशट दिएपछि सो स्क्रीनशटमा उल्लेखति मिति, समय, रकम र तोकिएको खातामा रकम जम्मा भएको अन्य विवरण अनिवार्य रुजु गर्न आग्रह गरेको छ।

साथै सम्बन्धित बिक्रेता/सेवा प्रदायकले आफ्नो मोबाइल बैंकिङ्ग एप, मोबाइल बैंकिङ्ग सेवा वा एसएमएस/नोटिफिकेशन जाँच गरी वास्तममै खातामा रकम जम्मा भए नभएको यकीन गर्न पनि सचेत गराएको छ। भुक्तानी प्राप्त भएको कुरा समयमै सुनिश्चित नगर्दा पछि ठूलो आर्थिक नोक्सानी व्यहोर्नु पर्ने अवस्था आउन सक्ने राष्ट्र बैंकले चेतावनी दिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*